नेपाल औषधि उत्पादक संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी

124
Shares

काठमाडौँ, २६ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनको मतगणना जारी छ । अध्यक्ष पदका लागि महेश प्रधान र विप्लभ अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षका उम्मेदवारलाई सहमतिमा ल्याउने प्रयास सफल नभएपछि निर्वाचन भएको हो। अध्यक्षमा उम्मेदवारी दिएकामध्ये प्रधान संघका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी महासचिव हुन्।

यसैगरी, ९ सदस्यीय कार्यसमिति सदस्यका लागि ११ जनाको उम्मेद्धारी परेको थियो। दीपककुमार तिब्डेवाल, सुमितचन्द्र श्रेष्ठ, ईश्वरकुमार भण्डारी, सजलराज रेग्मी, सुदर्शन खेगुली, गिरीराज पाठक (गणेश), पृथ्वीराज भण्डारी (निजु), डा पंकजकुमार तिवारी, शैलेस बैद्य, सन्तोष बराल र प्रभात रुङ्गाटाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।

कुल ७५ जना सदस्य रहेको एपोनमा अहिले मताधिकार भने ६० जनाको मात्रै थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *