केडीसी हस्पिटलको प्राविधिक सहयोगमा टोखामा नि:शुल्क आँखा शिविर

68
Shares

काठमाडौँ, २६ असोज । टोखा -८ जल्पाचोकमा निशुल्क आँखा शिविरको आयोजना गरिएको छ । श्री स्वस्थानी बासुकी टोल विकास संस्थाको आयोजनामा भएको सो शिविरका लागि केडीसी हस्पिटल, बीएम टीपीबी फाउन्डेशन आइ केयर सेन्टरको प्राविधिक सहयोग तथा ८ नम्बर वडा कार्यालयले आर्थिक सहयोग रहेको थियो ।

गत मंगलबार भएको उक्त शिविरमा ३३० जना स्थानीयले निशुल्क आँखा जाँच गराएका थिए । त्यसमा ७० जना पुरुष र २६० जना महिला थिए ।

शिविरमा सेवा लिनका लागि ५ देखि ८९ वर्ष उमेर समूहका व्यक्तिहरु आएको केडीसी अस्पतालकी गृष्मा पाण्डेले जानकारी दिईन् ।

उनका अनुसार आँखा जाँच गर्दा भिजन तथा रिफ्लेक्सन सम्वन्धी समस्या बढी देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *