केडीसी हस्पिटलको प्राविधिक सहयोगमा टोखामा नि:शुल्क आँखा शिविर

काठमाडौँ, २६ असोज । टोखा -८ जल्पाचोकमा निशुल्क आँखा शिविरको आयोजना गरिएको छ । श्री स्वस्थानी बासुकी टोल विकास संस्थाको आयोजनामा भएको सो शिविरका लागि केडीसी हस्पिटल, बीएम टीपीबी फाउन्डेशन आइ केयर सेन्टरको प्राविधिक सहयोग तथा ८ नम्बर वडा कार्यालयले आर्थिक सहयोग रहेको थियो ।
गत मंगलबार भएको उक्त शिविरमा ३३० जना स्थानीयले निशुल्क आँखा जाँच गराएका थिए । त्यसमा ७० जना पुरुष र २६० जना महिला थिए ।
शिविरमा सेवा लिनका लागि ५ देखि ८९ वर्ष उमेर समूहका व्यक्तिहरु आएको केडीसी अस्पतालकी गृष्मा पाण्डेले जानकारी दिईन् ।
उनका अनुसार आँखा जाँच गर्दा भिजन तथा रिफ्लेक्सन सम्वन्धी समस्या बढी देखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




