उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, सिभिल अस्पताल भर्ना

116
Shares

काठमाडौँ, २५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालको निगरानीमा निवास र वीर अस्पतालको भीआइपी कक्षमा राखेर उपचार गरिएको थियो ।

उनको उपचारमा निजी चिकित्सक डा. सिलवालसँगै सिभिल अस्तालका विशेषज्ञ चिकित्सकहरु खटिएका छन् ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *