९० लाख भन्दा बढी रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा सीअहेवबिरुद्ध मुद्धा दायर

काठमाडौँ, १९ असोज ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख भन्दा बढी रुपैयाँ गैरकानूनी रुपमा आर्जन आरोपमा एकजना अहेव विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले स्याङ्जाको चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जज गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ९० लाख ३९ हजार ६२० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत तथा असुलसम्बन्धी मुद्दा दर्ता गरिएको हो।

साथै कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोईराला समेतको नाममा बैंक खातामा जम्मा गरेको पाइएको छ। अख्तियारले गीता कोईरालालाईसमेत प्रतिवादी कायम गरी आरोप- पत्र दायर गरेको छ।

यस्तो छ आयोगको विज्ञप्ती

चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोईरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजले सार्वजनिक सेवामा नियुक्ति पाएको मिति २०५४।०७।०५ गतेदेखि मिति २०७८।०८।२१ गतेसम्मको जाँच अवधिमा आय (आम्दानी) तर्फ पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुबाबाट प्राप्त रकम, बैंक व्याजबाट प्राप्त रकम, सवारी बहालबाट प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम गरी जम्मा रु. २,९७,८१,८०२.०१ (दुई करोड सन्तानब्बे लाख एकासी हजार आठ सय दुई रुपैयाँ एक पैसा) आय आर्जन गरेको, त्यसैगरी सोही जाँच अवधिमा निजको ब्यय (खर्च तथा लगानी)तर्फ हेर्दा घर निर्माण, उद्योग व्यवसायमा लगानी, कर्जा भुक्तानी, जग्गा खरिद, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, बैंक मौज्दात, बिबाह खर्च, सवारी राजस्व, पुँजीगत लाभकर र अन्य सामान खरिद गरी जम्मा रु. ३,८८,२१,४२२.०४ (तीन करोड अठासी लाख एक्काइस हजार चार सय बाइस रुपैयाँ चार पैसा) खर्च तथा लगानी गरेको देखिन आएबाट आयभन्दा वढी भएको रु.९०,३९,६२०.३९ रकम ऋणात्मक देखिएको साथै जाँच अवधिको दौरान निजले गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा रु.९०,३९,६२०.३९ (नब्बे लाख उनान्चालीस हजार छ सय बीस रुपैया उनान्चालीस पैसा) बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको हुँदा सार्वनजिक पद धारण गरेका बिन्दु कोईरालाले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज बिन्दु कोईरालालाई बिगो रु. ९०,३९,६२०.३९ (नब्बे लाख उनान्चालीस हजार छ सय बीस रुपैया र उनान्चालीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९२० बमोजिम विगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निज बिन्दु कोईरालाले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, स्रोत खुलेको सम्पत्ति समेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफतरअसुल उपर गरी पाउन मागदावी लिइएको छ।

साथै बिन्दु कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोईराला समेतको नाममा बैंक खातामा रकम मौज्दातमा गरिएका खर्च मध्ये स्रोत पुष्टि हुन नसकेको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख। बमोजिम गीता कोईरालालाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको र स्रोत खुलेको सम्पत्ति मध्येबाट बिगो र जरिवाना जफत गरीपाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *