स्वास्थ्य अन्तरगर्तका निकायमा काम गर्न १७२ जना अधिकृतका लागि अस्थायी दरबन्दी स्विकृत
काठमाडौँ, १७ असोज । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यस अन्तरगर्तका कार्यालयमा रहेर काम गर्न १७२ जना अधिकृत पदका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद बैठकले १७२ जना अधिकृतको लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव तुलसी गौतमले स्वीकृत दरबन्दी चारवटा निकायलाई वितरण गर्ने गरी स्वीकृत भएको बताए ।
‘अधिकृत तहका कर्मचारीहरुको दरबन्दी स्वास्थ्य बीमा बोर्ड, कान्ति बाल अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गेटा मेडिकल कलेजमा वितरण हुन्छ,’ उनले भने ।
यसअघि मन्त्रालयले ३०० भन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ ।
मन्त्रालयले स्वीकृत अस्थायी दरबन्दीका कर्मचारीहरुको पदपूर्तिको काम अब छिटै अघि बढाउने बताएको छ ।
सम्पर्क इमेल : [email protected]