बझाङमा आधा घन्टामा २ भूकम्प, बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

काठमाडौँ, १६ असोज । सुदूरपश्चिम क्षेत्रमा मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते भएका हुन् ।
भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

