बझाङमा आधा घन्टामा २ भूकम्प, बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

104
Shares

काठमाडौँ, १६ असोज । सुदूरपश्चिम क्षेत्रमा  मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते भएका हुन् ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *