डब्लुएचओद्धारा मलेरियाबिरुद्ध प्रयोग गर्न दोस्रो खोप सिफारिस

112
Shares

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ।

आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो  । यो खोप यसअघि बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ।

‘मलेरिया अनुसन्धानकर्ताको रूपमा, म त्यो दिनको सपना देख्थें जुन दिन हामीसँग मलेरिया विरुद्ध सुरक्षित र प्रभावकारी खोप हुनेछ। अहिले हामीसँग दुई विकल्प प्राप्त भएका छन्,’ डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भने।

सन् २०२१ मा बेलायती औषधि कम्पनी जीएसकेले उत्पादन गरेको आरटीएस एस खोप मध्यमदेखि उच्च औलो सङ्क्रमण भएका क्षेत्रका बालबालिकामा औलो रोकथामका लागि डब्लुएचओले सिफारिस गरेको पहिलो खोप बनेको थियो।

डब्लुएचओका अफ्रिकाका लागि क्षेत्रीय निर्देशक डा. मात्शिडिसो मोएतीले नयाँ खोपले माग र आपूर्तिको ठूलो खाडललाई कम गर्न मद्दत पुर्‍याएर महाद्वीपका लागि ठूलो सम्भावना बोकेको बताए।

उनले भने, ‘यी दुई खोपले औलो रोकथाम र नियन्त्रण प्रयासलाई मजबुत बनाउन र अफ्रिकाका लाखौं युवाको जीवनलाई यस घातक रोगबाट बचाउन मद्दत गर्न सक्छ।’ रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *