एमआरसीपीसीएच परीक्षा दिन ११ देशका ४८ जना बाल विषेशज्ञ काठमाडौँमा
परीक्षा केन्द्र ग्राण्डी इन्टरनेशनल हस्पिटल
काठमाडौँ, १४ असोज । धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा मेम्वर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एमआरसीपीसीएच) युकेको परीक्षा सम्पन्न भएको छ ।
गत शुक्रबार र शनिबार चलेको परीक्षामा नेपाल, भारत, श्रीलंका सहित दक्षिण पूर्वी एसिया, मध्यपूर्व तथा अफ्रिकी क्षेत्रका विभिन्न ११ देशबाट ४८ जना बाल रोग विशेषज्ञहरु सहभागी थिए । यस्तै परीक्षा लिनका लागि एमआरसीपीसीएच तर्फबाट विभिन्न देशका परीक्षकहरु काठमाडौँ आएका थिए ।
यो परीक्षा गत वर्ष पनि ग्राण्डीले गरेको थियो ।
ग्राण्डीका मेडिकल डाइरेक्टर डा. बिनोद बिजुक्छे एमआरसीपीसीएचले आफ्नो अस्पताललाई परीक्षा केन्द्रको रुपमा छनौट गर्नुका साथै निरन्तरता दिइएको प्रति खुशी व्यक्त गरे । आएका विदेशी परीक्षार्थी तथा परीक्षणकहरुलाई स्वागत गर्ने क्रममा उनले आफ्नो अस्पताललाई विश्वास गरेको प्रति एमआरसीपीसीएच टीम प्रति धन्यवाद दिए ।
आरसीपीसीएचका बरिष्ठ परीक्षक प्राडा चन्देश्वर महासेठले नेपालले यो उपलब्धि हासिल भएसँगै नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताए । यस्तै आरसीपीसीएचका प्रिन्सिपल समेत रहेका क्षेत्रीय परीक्षक डा. मिथलेश लाल ले ग्राण्डी इन्टरनेसनल हस्पिटलको व्यवस्थापन अब्बल रहेको बताए । उनले व्यवस्थापनकै कारण परीक्षा केन्द्रलाई निरन्तरता दिइएको बताए ।
परीक्षामा आरसीपीसीएचका अध्यक्ष डा क्यामिला किंगडन पनि उपस्थित थिईन । सो अवसरमा उनले ग्राण्डी इन्टरनेसनल हस्पिटलको सेवा सुबिधाहरु अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै प्रशंसा समेत गरिन ।
नेपालको कुल जनसंख्याको ४० प्रतिशत अर्थात १ करोड २० लाख बालबालिकाको संख्या रहेकाले बालरोगको उपचारका लागि आवश्यक ज्ञान तथा सिप बृद्धिका लागि यो महत्वपूर्ण रहेको उनले बताईन् ।
यसअघि यो परीक्षाका लागि नेपाली विद्यार्थी समेत बाहिर जानु पर्ने थियो । तर गतवर्ष देखि ग्राण्डीमा नै यो परीक्षा हुने गरेको छ ।
सम्पर्क इमेल : [email protected]