मणिपाल शिक्षण अस्पताल घटनामा सम्लग्न थप ७ जना पक्राउ

548
Shares


पोखरा, १३ असोज । मणिपाल शिक्षण अस्पतालमा गत ८ असोजमा भएको स्वास्थ्यकर्मीमाथि आक्रमण तथा तोडफोडमा संलग्न भएको आरोपमा थप ७ जना पक्राउ परेका छन् ।

शुक्रबार राति न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान गरिने उनले बताए ।

यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको थियो । विनयविरुद्ध ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको एसपी थापाले बताए ।

लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपालमा डाक्टरमाथि कुटपिटका र अस्पतालमा तोडफोड भएको थियो ।

घटनाको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलित भएका छन् । उनीहरुले दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी ऐन अनुसार कार्वाही गर्न सरकारसंग माग गरेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *