धरानमा डाक्टरको प्रेस्किप्सन विना औषधि बिक्री गर्न नपाईँने

312
Shares

धरान, १२ असोज । धरान उप महानगरपालिकाले डाक्टरको प्रेस्किप्सन हेरेर मात्रै औषधि विक्री गर्न मेडिकल, पोलिक्लिनिक तथा औषधि पसलहरुलाई निर्देशन दिएको छ । प्रेस्किप्सन बिना विक्री वितरण हुने औषधिले मानव स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भन्दै यस्तो निर्देशन दिएको हो ।

धरानका नगर प्रमुख हर्कराज राईले हिजो जारी गरेको सूचनामा डाक्टरको प्रेस्किप्सन बिना औषधि विक्री वितरण गर्न नपाईने भन्दै अनुगमनको क्रममा यदि यस्तो गरेको पाईए कानून बमोजिम हदै सम्मको कार्वाही हुने उल्लेख छ ।

त्यसो त नेपाल मेडिकल काउन्सिल, औषधि व्यवस्था विभाग, तथा फार्मेसी काउन्सिलले बनाएका नीतिहरुमा पनि औषधि विक्रीका लागि डाक्टरको प्रेस्किप्सन अनिवार्य हुनु पर्ने उल्लेख छ । यसले औषधिको अवान्चित प्रयोगलाई समेत न्युनिकरण हुने बताइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *