डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौँ, सम्मान र हार्दिकता विकास गरौँ : एमाले अध्यक्ष ओली

96
Shares

काठमाडौँ, १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गर्दै सम्मान र हार्दिकता विकास गर्न अनुरोध गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बुधबार आफ्नो फेसबुक पेज मार्फत पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरेका छन् ।

‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु । आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु’, ओलीले अनुरोध गर्दै भनेका छन्, ‘मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ ।’ ओलीले लेखेका छन्।

देशभर डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएपछि केही दिनदेखि देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *