सम्पर्कविहीन २ डाक्टरलाई एक साताभित्र हाजिर हुन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, १० असोज । गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको छ ।
बुधवार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका डा. केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पताल महाराजगन्जका सर्जिकल शाखाका डा. बालकृष्ण ज्ञवालीलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको हो ।
उनीहरुलाई सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली स्पष्टीकरण सहित हाजिर हुन मन्त्रालयले सूचनामार्फत निर्देशन दिएको छ ।
कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




