स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको राष्ट्रिय स्वास्थ्य स्वास्थ्यकर्मी महासंघद्धारा निन्दा
दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन अनुसार कार्वाहीको माग
काठमाडौँ, ९ असोज । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका आक्रमणको निन्दा गरेको छ ।
महासंघले आज विज्ञप्ती जारी गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ (पहिलो संसधेन ऐन २०७९) अनुसार कार्वाही गर्न माग गरेको छ ।
गत ७ असोजमा लमजुङ अस्पतालमा कार्यरत डा सन्दीप तिवारी , ८ असोजमा मणिपाल शिक्षण अस्पताल कास्कीमा आवासीय चिकित्सक माथि हातपात , त्यसपछि डा दिनेश विकको गिरफ्तारी र अस्पताल तोडफोड भएको थियो । यस्तै गत ८ गते नै बगौडा अस्पताल चितवनमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुव्र्यहार भएको थियो ।
अध्यक्ष डा झलक गौतमद्धारा जारी विज्ञप्तीमा महासंघले यस्ता घटनाले देशभरका स्वास्थ्यकर्मीहरुमा पेशागत असुरक्षाको महसुस भएको जनाएको छ ।
उसले यसरी सवास्थ्यकर्मीहरु असुरक्षित भइरहँदा स्वास्थ्यकर्मी स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी समन्वयात्मक रुपमा काम गर्नका लागि ऐन बमोजिम स्वास्थ्य मन्त्रालय मातहत गठन भएको समितिको रहस्यमय मौनता र निस्क्रियता समेत खेद जनक भएको बताएको छ ।
महासंघले बिरामी र आफन्तहरु, पेशागत र व्यवसायिक संघ संगठनका सदस्यहरु, राजनीति दल सम्वद्ध व्यक्तिहरु तथा सरोकारवालाहरुलाई जिम्मेवार हुन समेत आव्हान गरेको छ ।

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

