उपभोक्ता हित संरक्षण मञ्चलाई ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड’ प्रदान

108
Shares

काठमाडौं। उपभोक्ता हित संरक्षण मञ्चलाई ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३ ’ प्रदान गरिएको छ। ज्योति बानिया नेतृत्वको मञ्चलाई संयुक्त राष्ट्रसंघको यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३’ प्रदान गरिएको हो।

अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा धूम्रमान र मद्यपान सेवन न्यूनीकरणमा दिएको योगदानको मूल्यांकन गर्दै संयुक्त राष्ट्रसंघले मञ्चलाई यो अवार्ड प्रदान गरेको जनाएको छ।

राष्ट्रसंघले नसर्ने रोग र मानसिक स्वास्थ्यमा उल्लेख्य भूमिका निभाएकोमा सरकारीतर्फ निकारागुवा, लेबनान, ओमन र कोस्टारिकाको स्वास्थ्य मन्त्रालयलाई पनि अवार्ड प्रदान गरेको छ भने गैरसरकारी संस्थाहरूमध्ये अमेरिकाको हेल्थ फाइनान्सिङ इन्स्टिच्युट, चेक रिपब्लिकको लूनो र नेपालको उपभोक्ता हित संरक्षण मञ्चले अवार्ड पाएका छन्।

मञ्चका अध्यक्ष बानियाले यो अवार्डले मञ्चलाई अझै गहन जिम्मेवारी थपिएको बताए।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *