काठमाडौँमा १२ वर्ष माथिका बालबालिकाहरुलाई कोभिडविरुद्धको दोस्रो डोज खोप दिईदै

काठमाडौँ, २४ भदौ । स्वास्थ्य कार्यालय काठमाडौँले आज देखि एक सातासम्म १२ वर्ष माथिका उमेर समूहका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिन थालेको छ । स्वास्थ्य कार्यालयले उनीहरुलाई कोभिडविरुद्धको फाइजर खोपको दोस्रो डोज दिन थालेको हो ।

स्वास्थ्य कार्यालयले जिल्ला भित्र रहेका महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरुमा खोप अभियान सञ्चालन भएको बताए । यस्तै सबै नगर अस्पतालहरुमा पनि यो सेवा सञ्चालनमा आएको जनाएको छ ।

पछिल्लो समय कोभिड १९ को संक्रमण दर घट्दै जाँदा खोप लगाउनेको संख्यामा समेत कमि आएको छ ।

स्वास्थ्य कार्यालयले खोप सुरक्षित रहेको, खोपले जीवन रक्षा गर्ने र यो खोप निशुल्क पाइने भन्दै आम अभिभावकसंग बालबालिकाहरुलाई खोप लगाउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *