केन्द्रीय कारागार अस्पतालको स्वास्थ्य सचिव गुरागाईँद्धारा निरीक्षण

212
Shares

काठमाडौँ, २३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईले केन्द्रीय कारागार अस्पतालको निरीक्षण गरेकी छन् ।
शुक्रबार उनले स्पतालको बहिरंग,बिशेषज्ञ क्लिनीक,अन्तरंग,रेडियाोलोजी,प्रयोगशाला,फार्मेसी,आकस्मिक कक्ष लगायतका सेवा तथा कक्षहरुको निरीक्षण गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. प्रकाश बुढाथोकीले बताए ।

सो अवसरमा सचिव गुरागाईँले कैदीबन्दीको खानपान, बसाई, शिक्षा र बिरामीहरुको ब्यवस्थापनका चासो राखेकी थिईन ।

डा बुढाथोकीले अस्पताल गृह मन्त्रालय अन्र्तगत तथा चिकित्सक र स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयका रहदा समन्वय र स्वास्थ्यका कर्मचारी भएर पनि तालिम,अभिमुखीकरण र बिदेश भ्रमणमा बञ्चित रहेको बताउदै समायोजन पछिको कर्मचारी ब्यवस्थापन र असार मसान्त तथा साउनमा भएका मन्त्रालयको निर्देशनका बारेमा जानकारी र जिज्ञासा राखेका थिए ।

अस्पतालले उपचारका क्रममा गरेका नविनतम प्रयोग, कारागार अन्तर्गत रहेका कैदीबन्दिहरुको स्वास्थ्य अवस्था र कारागारमा आइपर्ने समस्याहरु, केन्द्रीय कारागार अस्पतालको बर्तमान अवस्था र भावी योजनाका बारेमा स्वास्थ्य सचिव गुरागाईले जानकारी लिएकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *