स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ५६.११ प्रतिशत परीक्षार्थी उत्तीर्ण

212
Shares

काठमाडौँ, २० भदौ । नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ५६.११ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले भाद्र १५ देखि २० गतेसम्म लिएको परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो।

परीक्षामा स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तीन तहका गरी ५ हजार ५ सय ३७ परीक्षार्थी सहभागी भएका थिए। प्रमाणपत्र तहमा ४ हजार ६ सय ४६ जनाले परीक्षा दिएकोमा २ हजार ७ सय २५ जना पास भएको परिषदले जनाएको छ।

त्यस्तै स्नातक तहमा ७ सय ५६ जनामा ३०८ जना र स्नातकोत्तर तहमा १२५ जनाले परीक्षा दिएकोमा ६८ जना उत्तीर्ण भएका छन्।

सधै पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा परीक्षा केन्द्र तोक्ने परिषद्ले यसपटक भने त्यहाँ नमिलेको भन्दै बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा परीक्षा केन्द्र तोकेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *