वीर अस्पतालको ६ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

काठमाडौँ, १८ भदौ । वीर अस्पतालको ६ तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालको सर्जिकल भवनको ६ तलाबाट बिहान करिब २/३ बजे हाम फालेको बताएइको छ ।
अन्दाजी ४० वर्षका पुरुष बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेको बताएइको छ ।
अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




