सानेपामा निःशुल्क स्वास्थ्य शिविर, २ सय बढी लाभान्वित

काठमाडौँ, १७ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलको प्रबिधिक सहयोग र ललितपुर महानगरपालिका वडा नं २ को आयोजना सानेपामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा २ सय भन्दा बढि लाभान्वित भएका छन्।
‘स्वास्थ्य नै ठूलो धन हो’ भन्ने नाराका साथ शनिबार सानेपा स्थित टिका विद्याश्रम विद्यालयको प्राङ्गणमा नर्भिक इन्टरनेशनल हस्पिटलको चिकित्सकको टोलीद्वारा विभिन्न रोगहरूको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको नर्भिक अस्पतालका अपरेशन निर्देशक रवि चौधरीले जानकारी दिए।
चौधरीले शिविरमा नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहुरुद्वारा नाक, कान, घाँटी रोग, बालरोग, मुटुरोग, स्त्रीरोग तथा जनरल फिजिसियन साथै निःशुल्क ईसीजी र सुगर परिक्षण गरिएको बताए।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

