कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भयो हेमो डायलासिस सेवा

236
Shares

जुम्ला । मिर्गौला फेल भएका बिरामीहरुका लागि अत्यावश्यक मानिने हेमो डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुरु भएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार जुम्ला पुगेर डायलाइसिस सेवाको शुभारम्भ गरेका छन् ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलाइसिस मेसिन दिएको छ। तर अहिले दुई मेसिनमात्र प्रयोगमा ल्याइएको छ। बिरामीको चापअनुसार मेसिनहरू जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटिस्क्यान, एक्स–रे, डायलाइसिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोगसम्बन्धी सेवा दिइरहेको छ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डायलाइसिस सेवा सुरु भएपछि मिर्गौला रोगीले जुम्लामै सेवा पाउने बताए। उनले यस क्षेत्रका नागरिकलाई अब अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।

डायलाइसिस सेवा संचालनको लागि अहिले जनशक्तिको समस्या नभएको उनले जानकारी दिए ।
जुम्लामा यसपटक मन्त्री बस्नेतसंगै स्वास्थ्य सचिव देवकुमारी गुरागाई, नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डव लगायतका टोली समेत पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *