जनस्वास्थ्य निरीक्षक मण्डललाई स्वास्थ्य मन्त्रालयले गर्‍यो सेवाबाट बर्खास्त

काठमाडौँ, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य निरीक्षक (छैटौँ तह) चन्देश्वर मण्डललाई सेवाबाट बर्खास्त गरेको छ ।

भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक अन्तर्गत फुल्पिङकट्टी स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत मण्डललाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।

उनीमाथि नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको थियो ।

मन्त्रालयले आज जारी गरेको सूचनामा लोक सेवा आयोगको उजुरी तथा परामर्श विभागीय सजाय परामर्श शाखाको १६ साउनको प्राप्त परामर्श अनुसार नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा (२) को खण्ड (क) बमोजिम नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (२) बमोजिम भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *