बुटवलका औषधि व्यवसायी छ दिन देखि बेपत्ता

बुटवल, ८ भदौ । रुपन्देहोस्थित बुटवलका एक औषधि व्यवसायी छ दिन देखि वेपत्ता भएका छन् । छ दिन अघि सम्पर्कबिहीन भएका व्यवसायी गंगा ढकालको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
बुटबलको मैत्रीपथमा ओखती घर सञ्चालन गर्दै आएका ढकाल गत शनिबारदेखि सम्पर्कविहीन भएका हुन् । उनले ‘अब मलाई नखोज्नूु भनी सन्देश पठाई सम्पर्क विहीन भएको परिवारले जनाएको छ । त्यसयता प्रहरीले दिनहुँ उनको खोजी गरे पनि फेला पार्न सकेको छैन।
गत शनिबार घरबाट हिँडेपछि सम्पर्कबिहीन भएका ढकाल सोही दिन चितवनको नारायणगढस्थित एक होटलमा बास बसेको खुले पनि त्यसपछि उनी कहाँ गए भन्ने पत्ता नलागेको परिवारको सदस्यले बताएका छन्। मोबाइल र घडीसमेत घरमा छाडेर हिडेका ढकाल सम्पर्कविहीन भएपछि उनको परिवारले प्रहरीमा खबर गरेका थिए ।
ढकाल आइतबार साँझ ७:१५ बजे पछिल्लो पटक नारायणी नदी पुलमा देखिएको भन्ने सूचना गैंडाकोट प्रहरीलाई आएको थियो। त्यही समय पुलबाट एक जनाले हामफालेको सूचना प्रहरोमा पुगेको थियो।
इलाका प्रहरी कार्यालय गैंडाकोटका बरिष्ठ प्रहरी नायब निरीक्षक मोहन थापाका अनुसार सूचना पाउनासाथ प्रहरी टोली नारायणी किनारमा पुगी अबेरसम्मै खोजेको थियो।
नारायणी नदीना खोजतलास गर्नका लागि सशस्त्रको प्याफ्टिङ टोली नै आउनुपर्ने भएकाले प्रहरीले ढकालका आफन्तलाई टोली परिचालन गर्न गृह मन्त्रालयमार्फत अनुमतिपत्र ल्याउन सुझाव दिएको छ। आफूईरू नदी किनारसम्म पुगेर खोजी गरेको प्रहरीले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

