डा. राजाराम कार्कीको निधन

1.2k
Shares


काठमाडौँ, ७ भदौ । नेपाली चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डाक्टर राजाराम कार्कीको निधन भएको छ। वीर अस्पतालमा उपचार गराईरहेका ६६ वर्षीय कार्कीको बुधबार अपरान्ह निधन भएको हो । उनी लामो समय देखि क्यान्सर रोगको संक्रमणमा परेका थिए ।

डाक्टर कार्की नेपाल चिकित्सक संघका आजिवन सदस्य समेत थिए। संघले उनको निधनबाट अपूरणीय क्षति भएको भन्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा उनले पुर्‍याएको योगदानको सम्झना गरेको छ।

डा कार्की नेपाली कांग्रेसका नेता समेत हुन्। कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्य कार्की धादिङ, नीलकण्ठ नगरपालिका निवासी हुन्।

नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *