दक्षिण-पूर्वी एशिया क्षेत्रमा क्षयरोग अन्त्य गर्न नेपालको ऐक्यबद्धता

काठमाडौं, १ भदौ । दक्षिणपूर्वी एशिया क्षेत्रमा क्षयरोग अन्त्य गर्न नेपालले ऐक्यबद्धता जनाएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा गत बुधबार र विहीबार आयोजित क्षयरोग नियन्त्रण सम्वन्धी दुई दिने अन्तराष्ट्रिय गोष्ठीमा नेपालले सो क्षयरोग अन्त्य गर्ने विषयमा ऐक्यवद्धता जनाएको हो ।

दक्षिण पूर्वी एशियाली मुलुकका प्रतिनिधिहरु सम्मिलित सो गोष्ठीमा भाग लिन नेपालबाट स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको टोली गएको थियो । नेपालका तर्फबाट स्वास्थ्य मन्त्री बस्नेतले सो प्रतिवद्धता जनाएका हुन् ।

उनले बिहीबार गान्धीनगर घोषणा पत्रमा हस्ताक्षर गर्ने क्रममा नेपालबाट क्षयरोग अन्त्य गर्न गरेका प्रयास र प्रतिबद्धताबारे प्रस्तुतिकरण समेत दिएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *