आँखा पाक्ने रोग लागेका व्यक्तिको राष्ट्रिय परिचय पत्र नबन्ने

160
Shares

गोरखा, ३२ साउन । जिल्ला प्रशासन कार्यालय गोरखाले आँखा पाक्ने रोग लागेका व्यक्तिलाई परिचयपत्र बनाउन नआउन आग्रह गरेको छ ।

जिल्लामा आँखा पाक्ने रोग अत्यधिक मात्रामा फैलिएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराउने क्रममा आँखाको रेटिना स्क्यान गर्दा अन्य व्यक्तिहरुमा पनि सर्न सक्ने र आँखाको रेटिना स्क्यान गर्न समेत समस्या हुने भएकोले उक्त समस्या भएका व्यक्तिहरुले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जटिभाइटिस) निको भएपछि मात्रै सेवाका लागि आउन भनिएको छ ।

सूचनामा अन्य सेवाग्राहीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सेवा लिन भनेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *