चितवनमा शव बोकेको गाडी सहित चार वटा सवारी साधन एक आपसमा ठोक्किदा २० जना घाइते

172
Shares

काठमाडौँ, ३१ साउन  । चितवनको टिकौली जंगलमा शव बोकेको गाडी सहित चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।

बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *