आज: विश्व हेपाटाइटिस दिवस

हेपाटाइटिस रोग के हो ? यसबाट कसरी जोगिने ?

468
Shares

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ

एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ।

हेपाटाइटिस भन्नाले बिभिन्न संक्रमणका कारणले कलेजो सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ ।

हेपाटाइटिस (ए देखी इ सम्म) जम्मा पाँच प्रकारका हुन्छन् ।

हेपाटाइटिस बी’ र ‘सी’ का कारण हरेकबर्ष संसारमा १३ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्भवतीको मृत्युमध्यको ३० प्रतिशत मृत्यु हेपाटाइटिस ई अर्थात भाइरस हेपाटाइटिस हुने गरेको छ ।

यसले के गर्छ ?

हेपाटाइटिस बी’र ‘सी’  ले कलेजोलाई गम्भिर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउँदछ र मानिसको अकाल मृत्यु हुन्छ । कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हरेपाटाइटिस बी’र ‘सी’  ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् । पछिल्ला दिनहरुमा एचआइभी एड्स , क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइए पनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ ।

यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस बी’ को संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस ‘सी’ को संक्रमण भएका ८० प्रतिशत मानिसहरुलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाईलाई पनि संक्रमित बनाइरहेका छन् ।

हरेपाटाइटिस बी’ आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बी’  दीर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।

भाइरल हेपाटाइटिसबारे बिश्वव्यापी तथ्यहरु : 

  •  हेपाटाइटिस बी र सीबाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ ।
  • कलेजोको क्यान्सरबाट मृत्यु हुने तीन मध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् ।
  • संसारभरका ३० करोड भन्दा बढी मानिसहरुलाई आफु संक्रमित भएको थाहा नै छैन ।
  • एक हजार भन्दा कम मूल्यमा पाईने खोप उपलब्ध भएतापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।
  • क्यान्सबाट मृत्यु हुने १२ जना मध्ये एकजना कलेजोको क्यान्सर बाट मर्ने गर्दछन् ।
  • नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिव २ लाख ५० हजार मानिसहरुमा हेपाटाइटिस बी’ र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस ‘सी’  अनुमान गरिएको छ ।

भाइरल हेपाटाइटिस बी’र ‘सी’  सर्ने कारण तथा बच्ने तरिकाहरु :

  • संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी’र ‘सी’  को परिक्षण गर्ने । (हेपाटाइटिस बी मा यो संभावना बढी हुन्छ।)
  • आइभी ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढि रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुँदैन ।
  • रक्तसंचारका क्रममा साबधानी अपनाउने र हेपाटाइटिस बी’र ‘सी’  को परिक्षण गरेरमात्र रक्तदान गर्ने ।
  • मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
  • असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस ‘बी’ मा यो संभावना बढी हुन्छ।)
  • ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाईजेशन नगरेको औजार प्रयोग गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ । (हेपाटाइटिस ‘सी’ सी मा यो संभावना बढी हुन्छ।)
  • ब्यक्तिगत सरसफाइमा प्रयोगहुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि शेयर गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
  • हेपाटाइटिस विरुद्धको खोप लगाएर आफुलाई हेपाटाइटिस ‘बी’ भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *