‘ट्रु-मी’का उत्पादन अब नेपाली बजारमा

काठमाडौँ, २ साउन । अमेरिकी प्रविधिबाट उत्पादित ट्रु-मीका उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री बितरण प्रारम्भ भएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र ट्रु-ड्रामा कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु-मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका छन् ।

ट्रु-मीका उत्पादनहरुको नेपालमा कारोवार गर्न आधिकारिकता पाएको ट्रु -ड्रामा कम्पनीका अध्यक्ष मुरारकाले सोमबारबाटै देशभरी बिक्री वितरण प्रारम्भ भएको घोषणा गरे ।

कम्पनीले अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगायतका रेन्जमा बजारमा ल्याएको छ ।

‘ट्रु-मीका उत्पादनहरुलार्य हामीले वितेको तीन महिना देखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्री वितरण गरेका थियौँ, बजारमा सकारात्मक प्रतिक्रिया पायौँ जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साहित बनाएको छ,’ अध्यक्ष मुरारकाले भने ।
उनले अगाडी थपे, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत सकारात्मक पायौँ ।’

नायिका स्वस्तिमा खड्काले ट्रु-मीले उत्पादन गरेका सामाग्री गुणस्तरीय र प्रभावकारी हुने विश्वासका साथ यो ब्राण्डसँग आफु जोडिएको बताइन् । उनले ट्रु-मीका गुणस्तरीय उतपादन नेपालमा ल्याएको भन्दै मुरारकालाई धन्यवाद समेत दिईन । उनले स्किन स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले डाक्टरको सल्लाह बिना औषधि खान हुँदैन भनेजस्तै स्किनमा पनि जथाभावी उत्पादन प्रयोग गर्न नहुने बताईन ।

कार्यक्रममा ट्रु-मीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले ‘ट्रु-मीको उत्पादन क्लिनिकल्ली प्रमाणित गरेको र यसका उत्पादन छाला बिशेषज्ञले समेत सिफारिस गरेकाले कुनै हानिकारक तथा रसायन पदार्थसमेत नरहेको बताईन् ।

नेपाली बजारमा आधिकारिक रुपमा ट्रुमीका १७ प्रकारका हेयर केयरका उत्पादन उपलब्ध हुनेछन् । हेयर केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभाबकारी रहेको कम्पनीको भनाइ छ । जसमा केराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, केराटिन हेयर स्ट्रेट्रिक्त, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स लगायतका रहेका छन् ।

त्यसैगरी, गोल्ड एन्ड हनीकलेक्सन (फेस स्कूब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्कब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), मिक्स फ्रूट्स कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), डायमण्ड कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), स्क्रिन ह्वाइटनिङ् प्रोड्क्ट (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लिजीङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरु छन्।

ट्रु-मीका हेयर-केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभाबकारी रहेको कम्पनीको भनाइ छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *