राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको गण्डकी प्रदेश अधिवेशन सम्पन्न

आचार्यको नेतृत्वमा १३ सदस्यीय प्रदेश कार्य समिति गठन

पोखरा, २८ जेठ । राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । सम्मेलनले बाबुराम आचार्यको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्य समिति गठन गरेको छ ।

नव निर्वाचित कार्यसमितिमा गणेश बरुवाल र अनिषा सुवेदी उपाध्यक्ष, भोजराज गौतम सचिव, ज्ञानु पौडेल र स्विकृति तिमिल्सेना सहसचिव र अशोक परियार कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

चार जना सदस्यहरुमा अहिले सन्देश पोखरेल, अरविन्द कुमारी शाही चुनिएका छन् । बाँकी सदस्यहरु पछि मनोनित गरिने बताइएको छ ।

अधिवेशनको उद्घाटन गर्न गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारी पुगेका थिए । सो क्रममा उनले स्वास्थ्य क्षेत्र सुदृढ बन्न सके मात्रै देशको विकास हुने भन्दै सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले देशमा दक्ष जनशक्ति भए पनि त्यसको राम्ररी व्यवस्थापन हुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यान दिनु पर्ने बताए ।

उनले पार्टीले अघि सारेका स्वाथ्यका मुद्धाहरुलाई पनि जनस्वास्थ्यकर्मीहरुले कार्यान्वयनका लागि सहयोग गर्नु पर्ने बताए । उनले स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाउन र पेशागत हकहितका लागि थप संगठित भएर अगाडी बढ्न अधिकारीले स्वास्थ्यकर्मीलाई सुझाव दिए ।

कार्यक्रममा जनस्वास्थ्यकर्मी संघका केन्द्रीद अध्यक्ष कपिल ज्ञवालीले स्वास्थ्यका मुद्धालाई नेकपा एमालेले जस्तो राम्ररी कुनै पार्टीले नबुझेको भन्दै यसमा जनस्वास्थ्यकर्मीहरुले साथ दिनु पर्ने बताए । उनले अब आउने जनस्वास्थ्यकर्मी संघको निर्वाचन राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको पक्षमा माहोल बन्ने ठोकुवा गरे ।

कार्यक्रममा राष्ट्रिय स्वास्थयकर्मी महासंघका उपाध्यक्ष भीमराज सिंह लगायतले जनसंगठनको सुध्रिडीकरणका विषयमा बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *