गर्मीमा तातो हावा वा लुबाट कसरी जोगिने ?

काठमाडौँ, १९ जेठ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ ।
विगत केही दिनयता देशभर आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो।
त्यसैले गर्मीबाट जोगिन सरकारले बिभिन्न उपायहरु अपनाउन सबैमा आग्रह गरेको छ ।
- दिउँसो घामबाट बाहिर ननिस्कने
- बाहिर निस्कनै परे टाउकोमा पातलो कपडाले छोप्ने वा छाता ओड्ने
- फलफुको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाँहि जीवनजल पिउने
- चिसो पानीले नुहाउने
- मदिरा सेवन नगर्ने
- खेतबारीमा कामकाज बिहान बेलुका गर्ने
- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफि, सोडा जस्ता पेयपदार्थ नपिउने
- चिनीको मात्रा बढी भएको झोलपदार्थ बढी नपिउने
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



