गर्मीमा तातो हावा वा लुबाट कसरी जोगिने ?

काठमाडौँ, १९ जेठ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ ।
विगत केही दिनयता देशभर आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो।
त्यसैले गर्मीबाट जोगिन सरकारले बिभिन्न उपायहरु अपनाउन सबैमा आग्रह गरेको छ ।
- दिउँसो घामबाट बाहिर ननिस्कने
- बाहिर निस्कनै परे टाउकोमा पातलो कपडाले छोप्ने वा छाता ओड्ने
- फलफुको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाँहि जीवनजल पिउने
- चिसो पानीले नुहाउने
- मदिरा सेवन नगर्ने
- खेतबारीमा कामकाज बिहान बेलुका गर्ने
- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफि, सोडा जस्ता पेयपदार्थ नपिउने
- चिनीको मात्रा बढी भएको झोलपदार्थ बढी नपिउने
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




