सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो, ३ जना बेपत्ता

184
Shares

काठमाडौँ, १९ जेठ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको सीटीईभीटीको उच्च अधिकारी सवार गाडी सुनकोशीमा खसेको छ ।

मध्य पहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा शुक्रबार दुर्घटना भएको हो ।

बा १ झ ७४६७ नम्बरको जीपमा  सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रवाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए ।

गाडीका ड्राइभर झ्यालबाट हाम फालेर बच्न सफल भएका छन् । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *