सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो, ३ जना बेपत्ता

काठमाडौँ, १९ जेठ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको सीटीईभीटीको उच्च अधिकारी सवार गाडी सुनकोशीमा खसेको छ ।
मध्य पहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा शुक्रबार दुर्घटना भएको हो ।
बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रवाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए ।
गाडीका ड्राइभर झ्यालबाट हाम फालेर बच्न सफल भएका छन् । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

