सेवा स्पीच एण्ड हियरिङ क्लिनिकद्धारा गुरुद्धारमा निशुल्क स्वास्थ्य शिबिर

152
Shares

ललितपुर, १३ जेठ । सेवा स्पीच एण्ड हियरिङ क्लिनिक र मेट्रो आई सेन्टरको प्राबिधिक सहयोगमा शनिबार ललितपुर महानगरपालिका वडा नं १० कुपन्डोलस्थित गुरुद्वारमा निःशुल्क बृहत स्वाथ्य शिबिर सम्पन्न भएको छ।

शिबिरमा करीब १५० जना निशुल्क स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविरमा मधुमेह, मुटुरोग, नाक कान घाँटी, आँखा सम्वन्धी परीक्षण तथा उपचार गरिएको थियो ।

शिविरमा मुटुरोग विशेषज्ञ डा. प्रबिन्द्र महर्जन, ईएनटी बिशेषज्ञ डा. लिजन महर्जन, आँखा रोग बिशेषज्ञ पवन महत र मेडिकल अफिसर डा। चेतन खड़का र डा. ईश्वर बस्नेतले सेवा दिएका थिए । शिविरमा मशीनद्वारा सुनाइको जाँच तथा श्रवण यन्त्र प्रयोग गर्नुपर्ने बिरामीलाई बिशेष छुटको समेत व्यवस्था मिलाइएको थियो ।

चार महिना अघि ललितपुरको पुल्चोकमा खुलेको सेवा स्पीच एण्ड हेयरिङ क्लिनिकमा बोल्न र सुन्नमा समस्या भएका बालबालिका, वृद्धवृद्धा सहित सबै उमेर समूहका व्यक्तिको उपचार हुन्छ।

यस क्लिनिकमा तीन जना वाक तथा श्रवण विशेषज्ञ (अडियोलोजिस्ट) कार्यरत छन्। सुनाई र बोलाई सम्बन्धी समस्याको सबै किसिमको उपचार यस क्लिनिकमा हुने गरेको छ ।

कान नसुन्ने, सुनाईमा समस्या भएका वृद्धवृद्धाहरु उपचारका लागि बढी आउने गरेको बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *