सेवा स्पीच एण्ड हियरिङ क्लिनिकद्धारा गुरुद्धारमा निशुल्क स्वास्थ्य शिबिर

ललितपुर, १३ जेठ । सेवा स्पीच एण्ड हियरिङ क्लिनिक र मेट्रो आई सेन्टरको प्राबिधिक सहयोगमा शनिबार ललितपुर महानगरपालिका वडा नं १० कुपन्डोलस्थित गुरुद्वारमा निःशुल्क बृहत स्वाथ्य शिबिर सम्पन्न भएको छ।
शिबिरमा करीब १५० जना निशुल्क स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविरमा मधुमेह, मुटुरोग, नाक कान घाँटी, आँखा सम्वन्धी परीक्षण तथा उपचार गरिएको थियो ।
शिविरमा मुटुरोग विशेषज्ञ डा. प्रबिन्द्र महर्जन, ईएनटी बिशेषज्ञ डा. लिजन महर्जन, आँखा रोग बिशेषज्ञ पवन महत र मेडिकल अफिसर डा। चेतन खड़का र डा. ईश्वर बस्नेतले सेवा दिएका थिए । शिविरमा मशीनद्वारा सुनाइको जाँच तथा श्रवण यन्त्र प्रयोग गर्नुपर्ने बिरामीलाई बिशेष छुटको समेत व्यवस्था मिलाइएको थियो ।

चार महिना अघि ललितपुरको पुल्चोकमा खुलेको सेवा स्पीच एण्ड हेयरिङ क्लिनिकमा बोल्न र सुन्नमा समस्या भएका बालबालिका, वृद्धवृद्धा सहित सबै उमेर समूहका व्यक्तिको उपचार हुन्छ।
यस क्लिनिकमा तीन जना वाक तथा श्रवण विशेषज्ञ (अडियोलोजिस्ट) कार्यरत छन्। सुनाई र बोलाई सम्बन्धी समस्याको सबै किसिमको उपचार यस क्लिनिकमा हुने गरेको छ ।
कान नसुन्ने, सुनाईमा समस्या भएका वृद्धवृद्धाहरु उपचारका लागि बढी आउने गरेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

