नेपाल औषधि लिमिटेडका लागि महाप्रवन्धक खोजी गरिदै

108
Shares

काठमाडौँ, ११ जेठ । नेपाल औषधि लिमिटेडको रिक्त महाप्रवन्धक पदको लागि आवेदन आह्वान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट गरिने नियुक्तीका लागि आवेदन आह्वान गरेको हो ।

बिहीबार जारी सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिन सक्ने बताएको छ।

योग्यता कति ?

महाप्रवन्धक हुनका लागि जनस्वास्थ्य, फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तिमा पाँच वर्षको अनुभव भएको भनिएको छ।

आवेदक ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *