यस वर्ष नेपाल आएर चिकित्सा शिक्षा अध्ययन् गर्ने विदेशीको संख्या ४२१ जना

काठमाडौँ, ९ जेठ । नेपालमा चिकित्सा शिक्षा अध्ययन्का लागि कुल ४२१ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार यसवर्ष स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा ४०६ जना विदेशी विद्यार्थी नेपालमा मेडिकल कलेज तथा प्रतिष्ठानमा भर्ना भएका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० भरीमा गरेको मुख्य कार्य बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले विदेशी विद्यार्थी भर्ना लिएको विषय र नेपालबाट अध्ययन्का लागि विदेश पठाएका विद्यार्थीको विवरण गर्वका साथ प्रस्तुत गरे ।

उनका अनुसार आयोगले चालु आर्थिक वर्षको अहिलेसम्म फेलोसिपमा ५ जना, स्नातक तहमा ७०१ जना र स्नातकोत्तर तहमा २६६ जनालाई अध्ययन अनुमति दिएर विदेश जानका लागि स्विकृति प्रदान गरेको छ ।

यसपटक विद्यार्थी भर्नामा आयोगले नयाँ बनाएको मेरिटोक्रेसी निकै विवादमा परेको थियो । विद्यार्थीहरुले आयोग बनाएको नयाँ व्यवस्थालाई खारेजीको माग गर्दै सर्बोच्च अदालतमा समेत रिट दायर गरेका थिए । तर आयोगले उनीहरुको रिट खारेज गरिदिएको छ । आयोगले अदालतको आदेशले आयोगले अवलम्बन गरेको मेटिरोक्रेसी पद्धतीलाई सहयोग नै पुगेको बताएको छ ।

अरु विषयमा भने आयोगले नियमित गर्दै आएका र गर्नु पर्ने कामलाई उपलव्धीको रुपमा सार्वजनिक गरेको छ । यो आर्थिक वर्षमा दुईवटा बैठक बस्यो, पछिल्लो बैठकले बजेट स्वीकृत गरयो । विभिन्न तह र विषयका अध्ययन कार्यक्रमको सिट निधारण गरियो । पढाई भयो र परीक्षा समेत सम्पन्न भयो भनेर समेत उल्लेख गरिएको छ ।

उसले चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था अनुसार लामो समयदेखिको निरन्तर छलफल तथा विज्ञहरुको संलग्नतामा चिकित्सा शिक्षा नीति, चिकित्सा शिक्षा, जनशक्ति प्रक्षेपण योजना र चिकित्सा शिक्षाको स्नातक तह राष्ट्रिय पाठ्यक्रम प्रारुप विकास भएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *