गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी

116
Shares

काठमाडौँ, ७ वैशाख । गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । जिल्लाको गोरखाको शहीद लखन गाउँपालिका-७ को बुंकोट स्वास्थ्य चौकीमा आइतबार बिहान करिब साढे ४ बजे आगलागी भएको हो ।

आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ । स्टोरको औषधि, अक्सिजन कन्सलटेटरलगायतका सामाग्री पनि आगलागीले क्षति पुर्‍याएको छ बताइएको छ ।

आगलागीले ५० लाखभन्दा बढी भएको क्षति भएको छ र के के सामाग्रीमा क्षति पुग्यो भन्ने विवरण सङ्कलन भइरहेको छ । बिहान करिब साढे ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बुंकोट पुगेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *