डा. खनाल र डा. गुप्ता नवौँ तहमा बढुवा

काठमाडौँ, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले आज दुई जना डाक्टरलाई नवौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले कार्यक्षमताको मूल्यांङ्कन प्रक्रियाद्धारा हुने बढुवामा दुई जनालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसरी बढुवाका लागि सिफारिस हुनेमा साइक्याट्रि उपसमूह तर्फ कन्सल्टेन्ट साइक्याट्रि पद (नवौँ तह) मा डा ईश्वरी खनाल र जहेस समूह तर्फ मेडिकल सुपरीटैन्डेन्ट पद (नवौँ तह) मा डा सन्तोष कुमार गुप्तालाई रहेका छन् ।

आजको बैठकले प्याथोलोजी समूह तर्फ कन्सलटेन्ट प्याथोलोजिष्ट पदमा दुई जना माग भए पनि बढुवाका लागि आवेदन दिएका सबै उम्मेद्धारहरु लोक सेवा आयोगको गत ६ बैशाखको निर्णयबाट आन्तरिक प्रतिस्पर्धामा सिफारिस भइसकेकोले नयाँ उम्मेद्धार नएको बताइएको छ ।

समितिले हिजो मात्रै दुई जना डाक्टरलाई नवौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *