स्वास्थ्य पत्रकार मञ्च नेपालद्धारा स्वास्थ्य मन्त्री बस्नेत समक्ष माग तथा सुझाव पेश

 

काठमाडौँ, ३० बैशाख । स्वास्थ्य क्षेत्र सुधारका चालु आर्थिक वर्ष र आगामी आर्थिक बर्षमा के के गर्नु पर्छ र के के गर्न सकिन्छ भन्दै सल्लाह सुझाव मागेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत समक्ष स्वास्थ्य पत्रकार मञ्च नेपालले विभिन्न माग तथा सुझाव पेश गरेको छ ।

शुक्रबार मञ्चका पदाधिकारी, सदस्य तथा सल्लाहकारको टोलीले मन्त्रालय पुगेर मन्त्री बस्नेत समक्ष माग तथा सुझावहरु पेश गरेको हो ।

‘मन्त्री ज्यूले चालु आर्थिक वर्षमा गर्न सकिने काम र आगामी आर्थिक बर्षका लागि तय गर्नु पर्ने योजनाका बारेमा सुझाव माग्नु भएको थियो, हामीले सोही अनुसार माग तथा सुझाव दिएका हौँ,’ मञ्चका अध्यक्ष सरोज ढुंगेलले भने ।

सो अवसरमा मन्त्री बस्नेतलाई स्वास्थ्य पत्रकार मञ्च नेपालको जानकारी गराउँदै यसका उद्देश्य, गतिविधि तथा स्वास्थ्य क्षेत्रमा मञ्चले गर्दै आएको कामको बारेमा जानकारी गराएको थियो ।

मन्त्रीलाई बुझाइएको १८ बुँदे सुझाव तथा प्रस्तावहरूमा केही स्वास्थ्य पत्रकारका सरोकारका विषय, केही स्वास्थ्य क्षेत्रका समस्या तथा स्वास्थ्य क्षेत्रमा आवश्यकता देखिएको विषय समेटिएको छ ।

‘खासगरी स्वास्थ्य पत्रकारको हक हित, अधिकार र बृत्ति विकासका लागि मञ्चले काम गर्दै आएको छ । यस्तै जनताको स्वास्थ्य अधिकार, स्वास्थ्य सचेतना, नीतिगत रुपमा पैरवी गर्ने काम पनि हुँदै आएको छ । यसलाई थप व्यवस्थित ढंगले अघि बढाउनु पर्ने भन्ने विषयमा हामीले मन्त्री ज्यूलाई सुझाव दिएका हौँ,’अध्यक्ष ढुंगेलले भने ।

मञ्चको माग तथा सुझव सुनेपछि बस्नेतले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनले संस्थागत रुपमा आएका सुझावले निर्णय लिन समेत सजिलो हुने प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *