म्याग्दीमा प्यासिफिक क्लिनिकको क्यान्सर जाँच सम्बन्धी निशुल्क शिविर

92
Shares

म्याग्दी, २८ बैशाख । प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले म्याग्दीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

प्यासिफिक क्लिनिकले म्याग्दीका चार वटा स्थानमा आयोजना गरेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच शिविरमा एक हजार एक सय ५६ जनाले सेवा लिएका छन्।

प्यासिफिकद्वारा जारी विज्ञप्तिमा निशुल्क शिविरसँगै आयोजित सचेतना कार्यक्रममा चार वटै स्थानमा गरेर ९ हजार ६ सय जनालाई क्यान्सरका विषयमा जानकारी दिइएको छ।

शिविरमा एक हजार ६७ जनाको पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि भिआइए परीक्षण गरिएको थियो। यस्तै एक हजार ८९ जनाको स्तन क्यान्सर पहिचानका लागि परीक्षण गरिएको थियो।

भिआइए परीक्षण गरिएकामध्ये ९४ जनामा पोजिटिभ रिपोर्ट आएको छ।

स्तन परीक्षण गरिएकामध्ये ६ जनामा गाँठा रहेको पत्ता लागेको छ। यस्तै परीक्षणका क्रममा २६ जनामा पाठेघर खस्ने समस्या रहेको पाइएको विज्ञप्तिमा उल्लेख छ।

शिविरमा किशोर कुमार प्रधानाङ्ग, प्रणीता जोशी, सीता अधिकारी, सुशीला धिमला लगायतको टोलीले सेवा दिएको थियो।

प्यासिफिकले सामाजिक उत्तरदायीत्व अन्तर्गत निशुल्क शिविरको आयोजना गरेको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *