मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन

60
Shares

मुगु, २७ वैशाख । कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आइरहेका छन्।

विगतका वर्षहरूमा रोग र भोगले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि पाउन समेत तड्पिनुपरेको छ।
सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने जिल्ला अस्पताल मुगुसँग नै औषधि किन्ने पैसा छैन।

सरकारबाट ९८ प्रकारका ओैषधि निःशुल्क रुपमा वितरण गरेको भनिए पनि मुगुको अस्पतालमा यी ओैषधिको अभाव छ।

‘गत वर्ष औषधि खरिदको लागि छुटाइएको १० लाख रुपैयाँ गत कात्तिक महिनासम्म पुग्यो। तर, अहिले औषधि खरिद गर्ने पैसा छैन,’ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक भुवन पुरीले भने,’ अस्पतालमा औषधि नहुँदा कतिपय बिरामीलाई सेवा दिनै सकिँदैन। औषधि खरिदको लागि विभिन्न निकाय तथा सामाजिक विकास मन्त्रालयसँग पहल गर्दा पनि सुनुवाइ भएन।’

राष्ट्रिय बिमा बोर्डले बिमा गरेका बिमितहरुलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ। उपचारबापत पाउने रकम हालसम्म निकासा नगर्दा ओैषधि अभाव देखिएको र मासिक रुपमा चार लाख खर्च हुने गरेको प्रमुख पुरीले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *