घाँटीमा मासुको हड्डी अड्किएर डोटीमा एक जनाको मृत्यु

डोटी, २३ वैशाख । डोटीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको खाना बेला मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।
उनका अनुसार राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको उनले बताए।
मृतकका बारेमा थप अनुसार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

