नयाँ मन्त्रीहरुको सपथ बिहीबार दिउसो ३ बजे

 

काठमाडौँ, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त भएका तीन जना नयाँ मन्त्रीहरुलाई भोलि (बिहीबार) पथ तथा गोपनियताको सपथ ग्रहण गराउने भएका छन् ।

राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति कार्यालयमा भोलि दिउसो ३ बजेका लागि नयाँ मन्त्रीहरुको सपथग्रहणको कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नवौँ पटक मन्त्रिपरिषद् बिस्तार गर्दै नियुक्तीका लागि तीन जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । सोही सिफारिस अनुसार राष्ट्रपति पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत, कानून न्याय तथा संसंदीय मामिला मन्त्रीमा धनराज गुरुङ र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका थिए ।

यो नियुक्तिसंगै स्वास्थ्य मन्त्रालयमा ६६ दिनपछि नयाँ मन्त्री प्रवेश गर्ने छन् । यसअघि स्वास्थ्य मन्त्री रहेका पदम गिरीले १५ फागुनमा राजिनामा दिएपछि स्वास्थ्य मन्त्रालय मन्त्री विहीन थियो । सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *