थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जना संक्रमणमुक्त
काठमाडौँ, १९ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ७१८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ५३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।
त्यस्तै, देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये २५ जना संस्थागत आईसोलेसनमा, ११ जना आइसीयुमा उपचाररत रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]