नर्स आत्महत्या प्रकरण : डा. सुजन ढकाल पक्राउ

काठमाडौँ, १९ वैशाख । नेपाल प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ ।
गत आइतवार ढकालको बोहोराटारस्थित निवासमा पुगेर वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठले आत्महत्या गरेकी थिइन् ।
श्रेष्ठले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा ढकाल र उनको परिवारले पहिले विवाह गर्ने आश्वासन देखाएको तर अहिले आएर विवाह गर्न अस्वीकार गरेको उल्लेख गरेकी थिइन् ।
उनको सुसाइड नोटलाई आधार बनाएर उनका बाबुले ढकालविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दर्ता गरेका थिए ।
नर्स श्रेष्ठ र डा. ढकाल प्रेमी प्रेमीका रहेको खुलेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




