डेंगु बिरुद्धको सरकारी अभियान :‘अब प्रत्येक शुक्रबार विहान साढे १० बजे १० मिनेट’

काठमाडौँ, १४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण गर्न हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाइ अभियान पुन: संचालन गर्न आग्रह गरेको छ।

मन्त्रालयले एक पत्रमार्फत भोली(शुक्रबार) देखि प्रत्येक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो ।

डेंगु संक्रमण फैलिन सक्ने भन्दै मन्त्रालयले सरसफाई अभियानमा सबै कर्मचारी सहभागी हुन आग्रह गरेको छ ।

गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरु सरसरफाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *