कानूनकै खिल्ली उड्ने गरी अस्पताल भित्र चुरोटको खिल्ली सल्काएपछि…..

काठमाडौँ, ३० चैत । कानून त कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थाबाट १०० मिटर वरपर सुर्तीजन्य पदार्थको सेवन गर्न पाईदैन् । एघार वर्ष अघि बनेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ मा यदि त्यसरी अस्पतालको १०० मिटर वरपर सेवन गरेको पाइएमा अस्पतालले तोकेको निरीक्षण गर्ने अधिकारीले सेवनकर्तालाई पहिलो पटक भए १०० रुपैयाँ जरिवाना गर्ने र त्यस ठाउँबाट निकाला गर्न सक्ने व्यवस्था छ ।
तर, मंगलबार दिउसो भने पाटन अस्पताल परिसरमा गज्जवको दृश्य देखियो । अस्पतालमा उपचारका लागि पुगेका बिरामीसंग ओपिडी अगाडी पालो पर्खेर बसेकी एक महिलाले साथमा ल्याएको चुरोट झिकिन् सल्लाईन र धुवा उडाउन थालिन् ।
उनीसंगै परिवारका सदस्य जस्ता लाग्ने अरु दुई जना पनि थिए । उपचारका लागि आएको, डाक्टरलाई पर्खेको जस्तो कुरा गर्दै उनले चुरोट सल्काउँदा वरपर रहेका अन्य बिरामी र तिनका आफन्त अचम्ममा परेका थिए । तर कोही कसैले उनलाई चुरोट सेवन गर्न नपाईने क्षेत्र हो भनेर भनेनन् ।

ओपिडी अगाडी नै भएकोले डाक्टर देखि अन्य मेडिकल स्टाफहरु आफ्नै धुनमा ओहोर दोहोर गरिरहेका थिए तर उनीहरुले पनि चुरोट सेवन गर्न नमिल्ने क्षेत्र भनेर सम्झाएको देखिएन । करीव १० मिनेट लगाएर उनले सल्काएको चुरोट सकिन् । त्यसपछि बाँकी रहेको ठूटो बुढी औलाले मिचिन र भनिन्, ‘आफूलाई यहाँ कस्तो गाँह्रो भइरहेको छ, डाक्टर चैं कता हो कता !’
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।











