चिकित्सा विज्ञानमा प्रयोग हुने अंग्रेजी शब्दको नेपाली अर्थ कसरी थाहा पाउने ?

काठमाडौँ । अस्पतालमा बिरामी जाँची सकेपछि चिकित्सकहरुले अंग्रेजी भाषामै स्वास्थ्य समस्याका बारेमा उल्लेख गरेका हुन्छन् । उनीहरुले अंग्रेजी भाषामै औषधि लेखिदिएका हुन्छन् । कहिलेकाँही डाक्टरले बोलिचालीकै भाषामा पनि ती मेडिकल ‘टर्म’ प्रयोग गर्ने गरेका हुन्छन् ।

आज हामीले  अंग्रेजी A (ए ) बाट आउने कतिपय मेडिकल ‘टर्म’को नेपालीकरण प्रस्तुत गरेका छौँ ।

यो जानकारी हामीलाई नेपाल मधुमेही समाजल उपलव्ध गराएको हो ।

हेरौँ अंग्रेजी शव्द र अर्थ :

  • AC ante cibum – खानाअघि
  • Acanthosis Nigricans – अकान्थोसिस नाएग्रिकान्स । प्रायजसो घाँटी पछाडिको छाला कालो बाक्लो भएर आउने, इन्सुलिन प्रतिरोधको संकेत गर्ने
  • ACEI Angiotensin Converting Enzyme Inhibitor – एन्जियोटेन्सिन कन्भरटिङ्ग एन्जाम इन्हिविटर । उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने औषधी । मधुमेह उच्च रक्तचाप र पिसाबमा प्रोटिन चुहावटको लागि पहिलो रोजाइको औषधी जस्तै इनालाप्रिल Enalapril
  • Acetone – एसिटोन । एक प्रकारको किटोन बडी
  • Acetoacetate एसिटोएसिटेट । एक प्रकारको किटोन बडी
  • Acute Complications अल्पकालीन वा अचानक आउने जटिलताहरू
  • Adipose tissue एडिपोज टिस्यु । बोसो कोषिकाहरू
  • Adrenal Gland एडरेनल ग्रन्थी ।  मिर्गौला माथि भएको ग्रन्थी जसले कोरटिसोल हर्मोन उत्पादन गर्छ
  • AGEs Advanced Glycation End products रगतमा अत्यधिक सुगर भएको कारणले गर्दा उत्पादन हुने हानिकारक तत्त्वहरू जसले गर्दा मधुमेहका दीर्घकालीन नकरात्मक असरहरू गर्दछन् ।
  • AKI Acute Kidney Injury अचानक आउने मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास
  • Albumin अल्बुमिन । एक प्रकारको प्रोटिन Albuminuria अल्बुमिनयुरिया । पिसाबमा प्रोटीन चुहावट हुने
  • GLOSSARY | Alcohol अल्कोहल । मादक पदार्थ जस्तै जाँड, रक्सी, व्हिस्की, ब्राण्डी, बियर,
  • Apha-Glucosidase Inhibitor अल्फा ग्लुकोसीडेज इन्हिविटर । आन्द्रामा भएको इट्रेटको सोसन प्रक्रियालाई ढिलो गरेर सुगर नियन्त्रणमा ल्याउने खाने बक्की औषधी |
  • Amputation स्वास्थ्यको लागि हानि गर्न सक्ने रोग लागेको अंग काट्ने
  • Analog insulin एनालग इन्सुलिन । मानव इन्सुलिनको बनोटलाई परिमार्जन गरेर बनाएको कृत्रिम इन्सुलिन |
  • Anemia एनीमिया । रक्त अल्पता, मुख्यतया हेमोग्लोबिनको कमी |
  • Angina एन्जाइना । मुटुका मांसपेशीहरूमा अक्सिजनको अभावले छाती दुख्ने लक्षण
  • Anhydrous एनहाइड्स । पानी नभएको Antibody एन्टिबडी। विभिन्न संक्रमण र रोगहरू विरूद्ध शरीरको प्रतिरक्षा प्रणालीले उत्पादन गर्ने तीव
  • Antipsychotic Drugs एन्टी साइकोटिक ड्रग्स । मानसिक रोगमा प्रयोग हुने औषधीहरू
  • ARB Angiotensin 2 Receptor Blocker एन्जियोटेन्सिन २ रिस्पेटर ब्लकर । उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने औषधी । मधुमेहमा उच्च रक्तचाप र पिसाबमा प्रोटिन चुहावटको लागि पहिलो रोजाइको औषधी जस्तै लोसारटन Losartan
  • Artery आरटरी । मुटुबाट शरीरको अन्य अंगहरूमा रगत पुऱ्याउने रक्तनलीहरू
  • ASCVD Atherosclerotic Cardiovascular Disease आथेरोस्केलेरोटिक | कार्डियोभास्कूलर डिजिज । मधुमेह, उच्च रक्तचाप, बोसोले गरेर रक्तनलीहरू साँघुरो र कडा भएर आउने रोगहरू जस्तै मुटुरोग CAD |
  • Aspart एस्पार्ट । खाना खाएपछि सुगर नियन्त्रण गर्ने एनालगइन्सुलिन
  • Aspirin एस्पीरिन । रगत पातलो बनाउने औषधी
  • Asymptomatic लक्षण बिनाको
  • Atherosclerosis आथेरोस्केलेरोसिस । रक्तनलीहरूमा बोसो जम्मा भएर रक्तनलीहरू साँघुरो र कडा भएर जाने प्रक्रिया
  • Autoantibody अटोएन्टीबडी । आफ्नै शरीरका विभिन्न अंग वा कोषहरूलाई नोक्सान पुऱ्याउने शरीरको प्रतिरक्षा प्रणालीले बनाएको एन्टीबडी
  • Autoimmune अटोइम्यून । शरीरको आफ्नो रोग विरूद्ध लड्ने प्रणालीले शरीरकै कोषहरू, अंगहरूलाई नोक्सानी गर्ने ।
  • Autonomic Neuropathyअटोनोमिक न्युरोप्याथी। अटोनोमिक स्नायुप्रणालीमा खराबी
  • AV fistula एभी फिस्टुला । हेमोडायलायसीसको लागि हातमा तयार गरिने रक्तनलीहरूको विशेष संरचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *