लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव बने डा. विनोदकुमार गिरी

दाङ, २० चैत । डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि त्यहाँ सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा आएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । डा गिरी यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा थिए ।
डा गिरीले आजको मन्त्रिपरिषद् बैठकको निर्णयपछि आजै देखि नै आफूले स्वास्थ्य मन्त्रालयमा गई कार्यभार सम्हालेको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




