वीर अस्पतालले हटायो पाँच जना स्टाफ नर्स

1.9k
Shares

काठमाडौँ, ३० फागुन । कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । लामो समय देखि विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौँ तहका उनीहरुलाई सेवाबाट हटाएको हो ।

सेवाबाट हटाइएका स्टाफनर्सहरुमा सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन रहेका छन् ।

सेवाबाट हटाउनु अघि उनीहरुका नाममा अस्पतालले ३ पुसमा गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै तीस दिन भित्र हाजिर हुन आउनु भनेको थियो । सो अवधिमा पनि सम्पर्कमा नआएपछि उनीहरुलाई सेवाबाट हटाइएको हो ।

अस्पतालले जारी गरेको सूचनामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *